Nepali singer tara devi biography examples

Sagar meghan i biography of williams

स्वरकिन्नरी तारादेवी/ गायिका - तारादेवी/BIOGRAPHY OF SINGER TARADEVI

 

स्वरकिन्नरी तारादेवी

नेपाली सङ्गीत जगतमा गायिकाहरूको सङ्ख्या धेरै न्यून छन्। तिनमा पनि विशेष पहिलो पंक्तीमा पर्नसक्ने नामहरूमा एउटा हो - गायिका तारादेवी। आजको व्यक्तित्वचर्चामा हामी स्वरकिन्नरी तारादेवीमाथि छोटो कैरन प्रस्तुत गरिरहेका छौं। 

गायिका - तारादेवीको जन्म सन् 1945 मा काठमाडौं, नेपाल

गायिका तारादेवी, आफ्नो सुमधुर गायनकै बलले ‘नाइटेंगल अफ् नेपाल’को उपाधिद्वारा सुशोभित् हुन पुगिन्। आफ्नो गायनयात्राको प्रारम्भमा उनले पाँच रूपियाँ प्रति गीत पारीश्रमिक प्राप्त गर्थिन्। उनले पहिलो गीतको रूपमा श्यामदास वैष्णवको शब्द अनि उस्ताद भैरवबहादुर थापासित सङ्गीतसंयोजनमा भैरवबहादुरसितै युगल गीत - ‘तिमी र हामी भेटौंला, फूलबारीको छेवैमा’ - बोलको गीत पहिलोपटक सन् 1955 मा रेकर्ड गराएकी थिइन्। सन् 1958 मा विश्वनिकेतन् उच्च माध्यमिक स्कूल, त्रिपुरेश्वर, काठमाडौं

तारादेवी यस्ता गायिका हुन् जसले धेरै लामो पीढ़िको निम्ति गीत गाइन्। जसले शुभकामना गीत, भजन, राष्ट्रिय र फिल्मी गीतदेखि लिएर लोकगीतसम्म गाइन्। 

गायिका तारादेवीले एयरक्राफ्ट पेशासित सम्बद्ध शिवबहादुर श्रेष्ठसित सन् 1966 मा प्रेम विवाह गरिन्। एउटै टोलनिवासी भएका हुनाले उनीहरूको सानिध्य धेरै समयदेखि हुनेगरेको थियो, जो सम्बन्ध पछि सफल दाम्पत्य जीवनको रूपमा बदल भयो। शशी, रवि, र चारू

फूलको थुङ्गा

सोचेजस्तो हुन्न जीवन

शुभकामनाभरि

उकाली ओह्रालीहरूमा

जतातै खोजें

आदि

अब हामी गायिका तारादेवीको जीवनमा भएका केही रोचक घटनाहरूबारे चर्चा गर्छौं।

गायिका तारादेवी अनि गायक नारायण गोपाल

उनले आफ्नो जीवनकालमा पुरयाएको योगदानकै कारणले महेन्द्रभुषण, सुप्रबल दक्षिणबाहु प्रथम, इन्द्रराज्य प्रज्ञा पुरस्कार, जगदम्बा श्री पुरस्कार, छिन्नलता पुरस्कार, टयुबर्ग आउटस्टाण्डिङ अवार्ड, नातिकाजि सङ्गीत सम्मान आदिद्वारा सम्मानित र पुरस्कृत भइन्। 

आफ्नो पछिल्लो जीवनमा नसासम्बन्धी रोगले एउटै ठाउँमा टी.भी हेरेर कि त छोरोसित तास खेलेर 10 वर्ष बिमारी जीवन बिताइन् र अन्तिममा यस लोकबाट विदा लिएर परलोकगमन भइन्। उनी आज यस संसारमा सशरीर छैनन्, तर उनका स्वरमा आबद्ध गीतहरू हाम्रै कानमा गुंजिरहेका र उनको योगदान हामीसित सधैं-सधैंलाई जीवन्त रहेका छन्।

Source :  https://youtu.be/muDTI1kJVCU

https://en.wikipedia.org/wiki/Tara_Devi_(singer)

https://youtu.be/mLwiPdAyJvY

https://www.youtube.com/watch?v=kAAjnLlO05M